महाधिवेशनको संघारमा काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, सहमहामन्त्री थप गर्न सक्ने

File Photo

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ः३० मा केन्द्रीय समिति बैठक बस्नेछ ।

बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने छ । कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे पनि आज छलफल हुन सक्ने स्रोतले बतायो । नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले माग गरिरहेका छन् ।

कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री रहने व्यवस्था छ । तर खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना खुलातर्फ सहमहामन्त्री पद राखिनुपर्ने माग भइरहेका छन् । देउवा पक्षका नेता गोविन्द भट्टराई र पौडेल पक्षका नेता दीपक गिरीले खुला सहमहामन्त्री पद थप गर्नुपर्ने आवाज उठाइरहेका छन् । यसबारे सभापति देउवा सकारात्मक देखिए पनि पहिले भने वरिष्ठ नेता पौडेल मानेका थिएनन् ।

कांग्रेसले लामो समयपछि केन्द्रीय कार्यालयमा बैठक राखेको छ । क्रियाशील सदस्यतालगायत विवादले कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना दिइरहेपछि सभापति देउवाकै निवास बूढानिलकण्ठमा बैठक बस्ने गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्