आजदेखि बाघ गणना गरिने

File Photo

काठमाडौँ – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुँदै छ ।

नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा पाइन्छन् । गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना हुनेछ । ‘टाइगर एन्ड प्रे–बेस मोनिटरिङ प्रोटोकल २०१७’ ले निर्दिष्ट गरेअनुसार क्यामेरा ट्र्यापिङ र अकुपेन्सी सर्भे विधिबाट गणना गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्