रियललाई आठ अंकको अग्रता, बार्सिलोना पराजित

रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा रियल सोसिडाडलाई सजिलै २–० ले हराएर शीर्ष स्थानमा आठ अंकको अग्रता खोलेको छ । रियलका लागि भिनिसियस जुनियर र लुका जोभिचले गोल गरे ।

लिग तालिकामा रियलको ३९ अंक भएको छ । सेभिया ३१ अंकमा दोस्रोमा छ र उसले भिल्लारियललाई १–० ले हरायो । एटलेटिको म्याड्रिड र बार्सिलोना भने अन्य खेलमा पराजित रहे ।

रियल मार्लोकाले एटलेटिकोलाई २–१ र रियल बेटिसले बार्सिलोनालाई १–० ले हरायो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्