चाँडै नै आफ्नो पार्टी सत्तामा पुग्छ : विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चाँडै नै आफ्नो पार्टी सत्तामा पुग्ने दाबी गरेका छन् । ललितपुरको जावलाखेलमा पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले भने, सबैको साथ र सहयोग रह्यो भने, देशका जनताको साथ र सहयोग रह्यो भने निकट भविष्यमा विवेकशील साझाका राष्ट्रप्रमुखमा पुग्ने बताउनुभयाे । देश रूपान्तरण गर्ने भनेको विवेकशील साझा पार्टीले नै हो । हाम्रो पार्टीले देशको नेतृत्व गर्छ–गर्छ उहाँले भन्नुभयो ।
विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा एकीकरण घोषणा गरेको छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो ।
एकीकरणका प्रमुख बुँदाहरूः
१. एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ। पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिनेछ।
२. एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।
३. एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन्।
४. एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।
५. एकीकृत पार्टीको केन्द्रीय समितिमा अनुसूची एकमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल हुनेछन्। त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा अनुसूची दुईमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना नयाँ सदस्यहरू सामेल हुनेछन्।
६. एकिकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुनेछ।
७. एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको निरूपण केन्द्रीय कार्य सम्पादन समितिले केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरि गर्नेछ।
REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्