एक सिङ्गे गैँडाको गणनाका लागि १ करोड १० लाख बजेट बिनियाेजन, चैत १ गतेदेखि सुरु गरिने

दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि सुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ ।

फागुनको अन्तिम हप्ता प्राविधिक कर्मचारीलाई तालिम दिएर गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । नेपालका चार वटा निकुञ्जमा गैँडा रहेका छन् ।
गैँडा गणनाका लागि विभागले एक करोड १० लाख ३५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । बाढीले गैँडा बगाएपछि गएको वर्ष नै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारले नै बजेट विनियोजन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्