‘शिक्षा प्रणाली धराशायी बनाउने कु-राजनीति बन्द गर्नैपर्छ’: प्रवक्ता पाठक

काठमाडौँ – विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राज्यकोषबाट तलब खाने शिक्षकहरू दलको सदस्य बन्नु, विभिन्न पदमा प्रतिष्पर्धा गर्नु समाजकै लागि लज्जाको विषय भएको बताएका छन् ।

बुधबार समाजिक सञ्जाल फेसबु मार्फत पाठकले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘कानुनतः निषेधित हुँदाहुँदै पनि राज्यकोषबाट तलब खाने शिक्षकहरू दलको सदस्य बन्नु, दलको आन्तरिक चुनावमा विभिन्न पदमा प्रतिष्पर्धा गर्नु र त्यसमाथि निर्वाचित हुनु अप्रिय, अशोभनीय र आपत्तिजनक कुरा हो ।’
उनले शिक्षा प्रणाली धराशायी बनाएर पार्टी प्रणाली बलियो बनाउने’ कु–राजनीति यो मुलुकमा धेरै चलेको पनि बताए । यो प्रवृत्ति अब बन्द गरिनुपर्ने उनको माग छ । उनले भने, ‘सदस्यता लिने शिक्षक, सदस्यता दिने दल र चुनाव जिताइदिने सम्बन्धित पार्टीका सदस्यका लागिमात्र हैन, समग्र समाजकै लागि यो लज्जाको विषय हुनुपर्छ । ’शिक्षा प्रणाली धराशायी बनाएर पार्टी प्रणाली बलियो बनाउने’ कु–राजनीति यो मुलुकमा धेरै चल्यो । अब यो बन्द गर्नैपर्छ । शिक्षकहरूको ध्यान शैक्षिक गुणस्तर सुधार र प्रभावकारी शिक्षणमै केन्द्रीत हुनुपर्छ । ’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्