५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेले बोलायो बैठक

काठमाडौँ – महाधिवेशनको सम्मुखमा रहेको नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुनेछ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिहरुको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ । नेताहरुका अनुसार प्रस्ताव भएका नामहरू आजै अनुमोदन नभए अर्को बैठकले अनुमोदन गर्नेछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ । त्यसका लागि एमालेले १९९९ महाधिवेशन प्रतिनिधिमार्फत २३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी पर्ने निश्चित भएको छ भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा समेत धेरै आकांक्षी देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्