दार्चुलाबाट कांग्रेस जिल्ला उपसभापतीमा लेकम गाउँपालिका प्रवक्ता महेन्द्र जोशीको उम्मेदवारी

दार्चुलाको लेकम गाउँपालिका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र जोशीले नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला उपसभापतीमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
विद्यार्थी जीवन देखि नेपाली कांग्रेसको राजनीतिमा लागेका प्रवक्ता जोशी पछिल्लो समयपनि नेपाली कांग्रेसको राजनीतीमा सक्रिय हुनुुहुन्छ ।
यहि मंसिर ७ गते जिल्ला अधिवेशन हुने भएको छ ।

२०४५ सालमा रातामाटा बाट नेपाल विद्यार्थी संघको सभापति बन्नुभएका जोशी नेविसंघमा सक्रिय भएर लाग्नुभएको थियो । २०५५ सालमा पि.जी. डिग्री कलेज पिथौरागड प्रवासी विद्यार्थी संगठनका सचिव समेत बन्नुभएको थियो । करिब ३२ बर्ष नेपाली कांग्रेसको राजनीतीमा सक्रिय जोशीले पार्टीलाई ठुलो योगदान दिनुभएको छ।

पार्टीमा गरेको योगदान र संर्घसले आफुलाई निर्वाचित गर्ने उहाँले विश्वास लिनुभएको छ । उहाँ भन्नुहुन्छ “दार्चुलामा कांग्रेसलाई गुट उपगुट रहित बनाउन महत्वपूर्ण योगदान दिनेछु ।  “

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्