नियन्त्रित लागूऔषध सहित पक्राउ

सर्लाही – हरिपुर नगरपालिका–२ हरिपुर बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलका १६ बोतल डाईलेक्स डिसि, ३५ बोतल आरजेटी केयर र १ सय १४ पिस स्पास्मो प्रोक्सिभन सहित भारत सितामढी थाना बथनाहा रुपौली बस्ने ४० वर्षीय मुना साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मलंगवाबाट नवलपुरतर्फ आउँदै बिआर ३० जेड ५४६४ नम्बरको मोटरसाइकलमा सवार मुनालाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्