सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत कुटिए

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो ।

सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । पाण्डेले एक पक्षीयरुपमा वडाहरुमा मतदान अधिकृत तोकेको भन्दै पौडेल समूहका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ ।

सर्लाहीका पूर्वजिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालले निर्वाचन अधिकृतको भूमिका निष्पक्ष नभएको बताए ।

सर्लाहीमा यसअघि निर्वाचन अधिकृतका रुपमा गएका विनोद कार्कीले राजीनामा दिएपछि पाण्डेलाई केन्द्रले पठाएको हो । महाधिवेशनको मिति नजिकिँदै गएपनि सर्लाहीमा भने वडा अधिवेशन नै हुन नसकेको हो ।

उनले दुबै पक्षीबीच समझदारीको प्रयास भइरहेको बताए । प्रदेश २ मा कात्तिक २७ देखि वडा अधिवेशन सुरु भएको हो । सर्लाहीबाहेकका जिल्लामा वडा अधिवेशन सुरु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्