अछामको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख चलाउनेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चालउनेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै उपप्रमुख चलाउनेले खुला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।

लोकतन्त्र, राष्ट्रियता र समाजवादको लागि सधै कटिबद्ध भएर पार्टीमा लाग्ने अठोट सहित काँग्रेसमा अव युवाहरुले नेतृत्व लिनुपर्ने उपप्रमुख चलाउनेको भनाई छ । उपप्रमुखको चलाउनेले मतदान गरेर सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ । चलाउने विगत लामो समयदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहनुभएको छ ।
उहाँले यस अघि पञ्चदेवल क्याम्पस विनायकको स्ववियु सभापतिको नेतृत्व सम्हालि सक्नुभएको छ भने नेपाल विद्यार्थीसंघको सह–महामन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्