प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादव बर्खास्त

काठमाडाैँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ । यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिए ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा यादव तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । पछि राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

तर जसपामा महन्थ ठाकुर पक्षसँगको विवादपछि मुख्यमन्त्री राउतले तत्कालिन राजपाबाट मन्त्री बनेका अरु मन्त्री बर्खास्त गर्दा यादवले भने उपेन्द्र यादव पक्षलाई समर्थन गरेका कारण मन्त्रिपरिषदमा कायमै राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्