कक्षा १२ को नतिजा मंसीर १५ भित्रै प्रकाशित गरिने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता प्रकाशित गर्ने भएको छ । बोर्ड मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्