राजस्थानमाथि कोलकाताको शानदार जीत, प्लेअफमा स्थान लगभग पक्का

फोटो : आईपीएल

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्समाथि ८६ रनको शानदार जीत हासिल गरेको छ । कोलकाताले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १६.१ ओभरमा मात्र ८५ रनमा अलआउट हुन पुग्यो । जीतसँगै कोलकाताले १४ खेलबाट १४ अङ्क बटुल्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । टोलीले प्लेअफमा स्थान बनाउने लगभग पक्का छ । अब मुम्बईले एक शर्तमा मात्र मात्र कोलाकातालाई पछि पार्दै प्लेअफमा स्थान बनाउन सक्नेछ । यसका लागि मुम्बईले हैदराबादसँगको खेलमा पहिलो ब्याटिङ गर्दै २ सयभन्दा बढी रन बनाउनुपर्नेछ भने १७० रनभन्दा बढीको अन्तरले खेल जित्नुपर्नेछ । जुन निकै कठिन देखिन्छ ।

कोलकाताले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निरस ब्याटिङ प्रदर्शन गरेको थियो । राहुल तेवाटियाले ४४ र शिवम दुवेले १८ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कोलकाताका लागि शिवम माभीले ४ तथा लोकी फर्गुसनले ३ विकेट लिए । यसअघि, शुभमन गिलको ५६ तथा वेंकटेस ऐयरको ३८ रनको मद्दतले कोलकाताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले २१ रनको योगदान दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्