नेप्से र कारोबार दुबै घट्यो

काठमाडाैँ – साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै घटेको छ । यस दिन नेप्से परिसूचक ३२.५१ अंक घटेर २६३३.४२ विन्दुमा झरेको छ ।

नेप्से परिसूचक दैनिकजसो ओरालो लाग्न थालेपछि बजारमा शेयर कारोबार पनि घट्न थालेको छ। अघिल्लो कारोबार दिन ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२५ कम्पनीको ४९ हजार ८३५ पटकको कारोबारमा ३ अर्ब ७० करोड २९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्