परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।

औपचारिक भ्रमण पूरा गरि मन्त्री डा. खड्का सहित नेपाली प्रतिनिधिमण्डलको टोली आज स्वदेश फर्किएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुग्नुभएका मन्त्री खड्काले सभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा महासभालाई सम्बोधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्