नेपाली काँग्रेसका निधि, कोइराला र सिंहबीच फेरि छलफल सुरु, महाधिवेशन नजिकिदै गर्दा भएको छलफल अर्थपूर्ण

काठमाडौँ – नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच फेरि छलफल सुरु भएको छ । यसअघि तीनैजना नेताहरुले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।

चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतात्रयले केन्द्रीय सदस्यसँग गर्न खोजेको छलफलप्रति आपत्ति जनाएपछि निधि, कोइराला र सिंह बीचको छलफलमा ब्रेक लागेको थियो ।

असोज ८ गते महामन्त्री शशांक कोइराला निवासमा शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म फेरि नेतात्रय बीच छलफल भएको छ । आजको भेटघाट पनि यसअघिकै निरन्तरता भएको बैठकमा सहभागी एक नेताले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्