डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय, अरु मन्त्रीको टुङ्गो पनि आजै लगाउने तयारी

काठमाडौँ – सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि छलफलमा जुटेका छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ। आज नै अन्य मन्त्रीहरुको टुंगो लाग्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्