ओमानले नेपाललाई १२२ रनको लक्ष्य दियो

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो ।

ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे । करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ओपनर जतिन्दर सिंहले १३ रन र नसीम खुसीले १२ रन बटुले । यस्तै कलीमुल्लाहले ११ रन जोडे । ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिन सफल भए । करणले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए । सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दा १८ रन दिए ।

एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका शरद भेषवाकरले २ विकेट लिन सफल भए । ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ । तीन मध्ये नेपाल दुई खेलमा पराजित भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्