Breaking : ओमानमाथी नेपालकाे शानदार जीत

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमाथी नेपालले शानदार जीत हासिल गरेको छ ।

आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गर्दै नेपालले शानदार जीत हासिल गरेको हो । लिग–२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो । आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा ग¥यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे ।

ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए । ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे । आसिफले ४४ बलमा ७ चौका प्रहार गरे । रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्