एमालेमा उमेर हद कायमै, अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव

काठमाडौँ – नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने प्रस्ताव गरिएको छ ।

आइतबारदेखि सुरू स्थायी कमिटीको बैठकमा पेस भएको प्रस्तावित विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव महाधिवेशनबाटै निर्वाचित गर्ने उल्लेख छ । स्थायी कमिटीले पारित गरेको प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुनेछ ।

केन्द्रीय कमिटीले त्यसलाई अन्तिम रूप दिएपछि असोज १५ देखि १७ गतेसम्म हुने विधान अधिवेशनमा पेस हुनेछ ।

यसअघि केन्द्रीय कमिटीले तयार पारेको प्रस्तावमा अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने प्रावधान राखिएको थियो । अध्यक्ष बाहेकका सबै पदाधिकारीलाई केन्द्रीय कमिटीले चुन्ने प्रावधान राखिएको थियो । प्रस्तावित विधानमा अध्यक्षसहित ३ उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव र ७ जना सचिवको प्रावधान राखिएको छ ।

त्यस्तै, ३५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरिएको छ भने ७ सदस्यीय सचिवालयको प्रावधान छ । पोलिट ब्युरोको प्रावधान भने हटेको  छ। २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । त्यस्तै ७० वर्षपछि पार्टीको कार्यकारी पदमा रहन नपाउने प्रावधान पनि कायमै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्