त्रिदेशीय क्रिकेट श्रृङ्खलामा नेपाल अमेरिकासँग ६ विकेटले पराजित

काठमाडाैँ – नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ । विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेल अन्र्तगत ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा मात्रै चार विकेट गुमाएर भेट्टाएको हो ।

अमेरिकाका स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्