विराट कोहलीले विश्व कपपछि टी-२० को कप्तानी छाड्ने

काठमाण्डौ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानबाट हट्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले यस्तो घोषणा गरेका हुन् ।

आउँदो महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमको कप्तानबाट हट्ने कोहलीले बताएका छन् । विराट कोहलीले ट्विटरमा लेखेका छन्, ‘यो निर्णय लिने अवस्थामा पुग्न सहज थिएन । रवि भाइ र रोहितसँगको लामो कुराकानीपछि टी २० विश्व कपपछि टी २० को कप्तानी छाड्ने निर्णय लिएको हुँ ।’

केही दिन अघिदेखि भारतीय मिडियामा क्रिकेट टिमको कप्तानीलाई लिएर समाचार आइरहेका थिए । भारतीय टिममा टी २० र एकदिवसीयका लागि छुट्टै कप्तान र टेस्ट क्रिकेटका लागि छुट्टै कप्तान रहने समाचार आइरहेका थिए ।

यद्यपि भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले यी समाचार सही नभएको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्