‘५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?’

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी हढ्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन गरेको निर्णयलाई ओलीले कुनै मापदण्ड बिनै आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको बताए ।

उनले देउवा सरकारलाई प्रश्न गर्दै भने– ‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? कृषि आधुनिकरण गर्ने केही छैन कस्तो मन पोलेको होला धरहरा बनाएको देखेपछि घण्टाघर भत्काउने रे !’

उनले घण्टाघर यो सरकारले बनाउन नसक्ने भन्दै बनाउन नसक्नेलाई नभत्काउन सुझाव दिए । उनले चुनावमा सत्तापक्ष हुक्वाँ गर्दै जाने तर चुनावपछि स्वाँ गरेर फर्कने बताए । उनले एमाले चुनावपछि नौमति बाजा बजाएर मुल गेटबाट सिंहदरबार पस्ने दावी समेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्