इरानमा शक्तिशाली भूकम्प

इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । –रासस/एएनआई

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्