आज नेपालले पीएनजीसँग एकदिवसीय क्रिकेट खेल्दै

काठमाण्डौ – ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका सवा चार बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्