तेह्रथुम पावरको आइपीओ शुक्रबार बाँडफाँड हुने, ७४ हजारले मात्रै शेयर पाउने

काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट हुने भएको हो ।

मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको शेयर बाँडफाँट शुक्रबार गर्ने तयारी भएको एनआईविएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट हुनेछ ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउनेछन् । बाँकी आवेदकले भने शेयर नपाउने देखिन्छ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्