नेपाल र पपुवा न्यु गिनीबीच आज ओडीआइ खेल हुदै

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ ।

त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)आज हुँदैछ ।

नेपाल र पीएनजीबीच पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ११ः१५ बजे ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ । यस्तै शुक्रबार हुने दोस्रो खेल भने डे नाइट हुनेछ । नेपालले पहिलोपटक डे नाइट ओडीआई खेल्न लागेको हो ।

त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोली अगष्ट २४ मा ओमान पुगेको थियो । त्यसपछि नेपालले ओमानमै अभ्यास गरिरहेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज यही सेप्टेम्बर १३ देखि ओमानमै हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्