रियलमी ब्रान्डका चार विभिन्न मोडलका मोबाइलहरु नेपाली बजारमा

काठ्माण्डौ ७ मा रहेको डि जि ग्रुपले रियलमी ब्रान्डको आधिकारिक बिक्रेताको रुपमा बिगत ३ बर्ष देखि संचालन गरिरहेको र हाल शंकर ग्रुप अन्तर्गत जगदम्मा मोबाइल प्रा लिले ल्याएको छ । गौसला, चाबहिल, बौद्ध र जोरपाटि लगायत पुर्बी काठमाण्डौको विभिन्न क्षेत्रमा बिक्री बितरण गर्नेछ । एक कर्यक्रमका बीच चार विभिन्न मोडलका मोबाइलहरु लन्च गरिएको छ । जसमा सि–११ (२०२१), सि–२० , सि–२१ र रियलमी ८ ब्रान्डका मोबाइल रिलन्च गरि बजारमा बिक्री बितरण सुरु गरिएको हो ।

२ जिबि र्‍याम र ३२ जिबि रोम मा सि ११ र सि २० रहेको छ जसको बजार मुल्य १२, ४९९ र १२, ८४९ छ भने सि २१ , चार जिबि र्‍याम र ६४ जिबि रोममा उपलब्ध छ । जसको बजार मुल्य १६,९९९ रहेको छ । रियलमी ८ , छ जिबि रयाम र १२८ जिबि रोम मा उपलब्ध छ जसको बजार मूल्य २८,७९९ रहेको छ ।

नेपालमा पहिलो पटक शंकर ग्रुपको जगदम्बा मोबाइल्स ल्यएको र तेसपछी मुरारका ग्रुप द्वारा बितरण गरेको रियलमी ब्राण्डलाई हाल शंकर ग्रुपको जगदम्बा मोबाइल्सले नेपाली बजार मा पुनः बजारीकरण थालेको हो ।
नेपाली ग्राहकको क्रयशक्तिले भ्याउने किसिमको मोबाइल सेटहरु भएका कारण नेपाली बजारमा छोटो समयमै रियलमि मोबाइलले महत्त्वपूर्ण हिस्सा ओगट्न सफल भएको छ । रिलन्चिङ मै उत्साहप्रद व्यापार भएको डि जि ग्रुपका प्रबन्ध निर्देशक बाल कुमार धिमालले जानकारी दिए । सो अवसरमा पुर्बी काठमाडौ क्षेत्रका रिटेलर ब्यबसायीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्