कोरोनाका कारण जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला स्थगित

रसुवा– रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि प्रभाबित भएको छ ।

हरेक वर्ष नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष पनि कोरोनाको दोस्रो लहरका कारण स्थगित गरिएपछि मेला प्रभाबित भएको हो ।

मेलाका अबसरमा देश तथा बिदेशबाट समेत दशौं हजार भक्तजनहरु मेलामा सहभागि हुने भएकाले कोरोना संक्रमण दर नियमित बढिरहेको अबस्थामा गोसाइँकुण्ड दर्शनमा हुनसक्ने भिड एवं तीर्थालुहरूको आवागमनबाट संक्रमण दर बढ्ने भएकाले जिल्ला कोभिड– १९ संकट ब्यबस्थापन समितिले मेला स्थगित गर्ने निर्णय गर‍ेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्