सरकारले सबै नेपालीलाई समयमै खोप प्रदान गर्छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उहाँले खोप लगाउन बाँकी व्यक्तिलाई समयमै खोप प्रदान गरी जनजीवनको रक्षा एवं अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारको पहिलो जिम्मेवारी भएको बताउनुभयो । अर्थमन्त्री शर्माले मङ्गलबार सोही वक्तव्य प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री शर्माले कोभिड महामारीको पीडा भोगिरहेको जनजीवन र सोबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी नेपाली जनजीवनमा सकारात्मक परिवर्तन र समृद्धि ल्याउनमा वर्तमान सरकारको प्रयास केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।

सबै नागरिकलाई खोप दिएर मात्र कोरोना नियन्त्रण हुने स्पष्ट आधार देखिएको भन्दै उहाँले खोप खरिदका लागि बजेट अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्