‘असोज मसान्तसम्म एक करोड आठ लाखलाई खोप लगाइसक्छाैं ‘

काठमाडौं – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विहिबार समय लिएर बोल्दै उनले सो जानकारी गराएका हुन् ।

पूर्ववर्ती सरकारले ९७ लाख खोपको व्यवस्थापन गरेको र नयाँ सरकार आएपछि बुधबारसम्म ७५ लाख खोप नागरिकलाई लगाइएको जानकारी पनि उनले दिए । १८ देखि ३० वर्षका विद्यार्थीलाई केही दिनमै खोप उपलब्ध गराउने तयारी सरकारले गरेको उनको भानाइ छ ।

स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा आमुल परिवर्तनसहित सुधार गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुहुँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरिब जनताको स्वास्थ्यमा पहुँच बढाउन पर्याप्त दरबन्दी विस्तारको खाँचो रहेको उनले बताए । उमेर समूह र आर्थिक गतिविधि बढी हुने ठाउँमा खोपको उचित व्यवस्थापन गरिने उनले जानकारी गराए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्