बेनी बजारमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

सांकेतिक तस्विर

काठमाडौं – म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।

बेनी नगरपालिका–८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ ।
आगलागिबाट लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मानवीय क्षति भने भएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो नियन्त्रणमा लिएको छ ।

रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्