मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने

काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । आइपीओ निश्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

श्रावण १८ गते मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

कम्पनीले कुल जारी पूँजी ७६,००,००० कित्ता को ३० प्रतिशत अर्थात २२,८०,००० कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७,६०,००० कित्ता र सर्वसाधारणका लागि १५,२०,००० कित्ता शेयर निष्काशन गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्