कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा जागेश्वर गौतमलाई हटाएर रुद्र मरासिनी नियुक्त

FILE PHOTO

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीलाई पठाएको छ ।

मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई आज सोमवार थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । डा. जागेश्वर गौतम विवादित बनेपछि कर्मचारीले उहाँलाई हटाउन माग गरेका थिए ।

यस्तै स्वास्थ्य सेवा विभागको स्वास्थ्य समन्वय शाखाको प्रमुखबाट डा. विवेकलाल कर्णलाई सरुवा गरेर उहाँको ठाउँमा सार्क क्षय रोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्