टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

काठमाण्डौ – जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ ।

चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक जितेको छ । यस्तै, तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्णसहित ३१ पदक जितेको छ ।

चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित ३१ पदक जित्दा पाँचौँ स्थानमा रहेको रुस ओलम्पिक कमिटीले १२ स्वर्ण सहित ४४ पदक जितेको छ । यस्तै, बेलायतले १०, दक्षिण कोरिया र फ्रान्सले पाँच÷पाँच, इटली, नेदरल्यान्डस्, जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले चार÷चार स्वर्ण जितेका छन् । यस्तै, क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले तीन÷तीन स्वर्ण जितेका छन् ।

ब्राजिल, चाइनिज ताइपेइ, हङ्गेरी, स्लोभानिया, इक्वेडर, कतार र कोसोभोले दुई÷दुई स्वर्ण जितेका छन् । यस्तै, ३० देशले एक÷एक स्वर्ण जितेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्