टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

काठमाण्डौ – टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दैछन् ।

एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटौँ लेनमा रहेका छन् । एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्यान्डका खेलाडी रहेका छन् ।

पौडीकै गौरिका सिंहले भोलि खेल्दै छिन् । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्