टिकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीलाई रिहाइको माग गर्दै अनसन

कैलाली – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै थरुहटका नेताले आमरण अनसन शुरु गरेका छन् ।

२०७२ सालमा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न र सांसद चौधरीसहित ११ जनालाई रिहाइ को माग गर्दै कैलालीमा थरुहटका नेताले आमरण अनसन शुरु गरेका हुन् ।

बिहिबारबाट कैलालीको क्याम्पस रोडमा आमरण अनसन बस्दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु र खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले सांसद चौधरी लगाएत ११ जनाको रिहाइ र पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायतका माग समेत राखेका छन ।

उनले आफूहरु समानता र अधिकारका लागि बोल्न नडराउने बताए । थारुले भने, ‘अब हामी लाल सलाम र जय नेपाल भन्दै आफ्नो पहिचान र अस्तित्व बेच्न चाहदैनौँ ।’

‘रेशम चौधरीलाई चुनाव लड्न दिने तर चुनाव जितिसकेपछि जेलमा हाल्ने ?,’ मोर्चाका संयोजक थारुले भने, ‘किन हामीमाथि झुठा मुद्दा लगाइन्छ ? यहि हो नेपालको संविधान ?’

त्यसै गरी खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले मोर्चाले थालेको आन्दोलनप्रति एक्येबद्धता जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्