टोकियो ओलम्पिकको उद्घाटन, विश्वका ११ हजार खेलाडी सहभागी (हेर्नुहोस तस्विरमा)

काठमाडौँ – भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो ।
कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार गरिएको हो । उद्घाटनअघि नै फुटबलसहित केही खेलका प्रतिस्पर्धा सुरु भइसकेका छन् । उद्घाटन समारोहमै यसअघि कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पिनहरुप्रति सम्मान प्रकट गर्न मौनधारण गरिएको थियो ।

यसपटकको ओलम्पिक उद्घाटन समारोहमा केही सिमित व्यक्तिहरु मात्रै दर्शक दिर्घामा उपस्थित थिए । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन र अमेरिकी प्रथम महिलालगायत भिभिआईपीसहित केही सिमित प्रतिनिधिमात्रै रंगशालामा उपस्थित थिए । ६८ हजार दर्शक क्षमताको यस रंगशालामा सर्वसाधारणलाई भने प्रवेश दिइएको छैन ।

कोरोना भाइरस महामारीका कारण यसरी दर्शकहरुलाई रंगशालाबाहिरै राख्न आयोजक बाध्य भएको हो । टोकियो शहरमा शनिबार १३ सयभन्दा धेरैमा संक्रमण देखिएको थियो । ओलम्पिकसँग सम्बन्धित १ सयभन्दा धेरै व्यक्तिमा संक्रमण देखिएको छ । २४ अगस्टसम्म सञ्चालन हुने ओलम्पिक खेलमा विश्वभरबाट झन्डै ११ हजार खेलाडीहरु सहभागी छन् ।

 
 
 
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्