भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा, टिकट काटेर मात्र यात्रा गर्न आग्रह

काठमाडौं – भोलि (शनिबार) देखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । विश्व विद्यालय र लोक सेवा आयोगका परीक्षा कार्यक्रम सञ्चालन भएसँगै मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरेको छ ।

साउन १० सम्म निषेधाज्ञा लम्ब्याइएपनि लोकसेवा र विश्वविद्यालयका परीक्षाको विभिन्न समय, मिति सार्वजनिक भएकाले आवागमनलाई मध्यनजर गर्दै मध्यम तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले सूचनामार्फत भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्