‘एमसीसीमा केही उर्जा व्यापारीको प्रस्ट स्वार्थ छ’ : पूर्वाधारविद् डा. आचार्य

काठमाडौँ – पूर्वाधारविद् तथा टिप्पणीकार डा. सूर्यराज आचार्यले एमसीसीमा उर्जा व्यापारीको ठूलो स्वार्थ रहेको खुलासा गरेका छन् । डा. आचार्यले सामाजिक सञ्जाल ट्वीटरमार्फत बहुचर्चित परियोजना एमसीसीमा केहि ऊर्जा व्यापारीको प्रष्ट स्वार्थ देखिएको बताएका हुन् । उनले लेखेका छन्, ‘एमसीसीको भुराजनीतिक पक्ष त छँदैछ। त्यस बाहेक नेपालको उर्जा क्षेत्रको व्यवस्थापन, नियन्त्रणमा एमसीसीको आड लिएर हालिमुहाली गर्ने केही उर्जा व्यापारी को स्वार्थ प्रष्ट देख्न सकिन्छ। एमसीसी पारित गर्न यो समुहलाई झनै ठूलो छटपटी छ। राष्ट्रिय हित कमजोर पारेर गरिने कमाईले ढिलोचाँडो पोल्छ है ’

निवर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारको समयदेखि निकै पेचिलो बन्दै आएको एमसिसिको विषय फेरि उल्झेको छ । यस अघि पूर्वाधारविद् आचार्यले प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बनेको सरकारले एमसीसी पास गरे माधव नेपाल र प्रचण्डका लागि राजनीति गर्ने ‘घडेरी’ पनि बाँकी नरहने बताएका थिए ।

देउवा नेतृत्व्को सरकारले संकल्प प्रस्तावसहित एमसीसी सम्झौता संसदबाट पास गर्ने चर्चाबीच पूर्वाधारविद् आचार्यले यस्तो ट्वीट गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्