महन्थ ठाकुरले भने – ‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ’

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देउवा सरकारलाई विश्वासको मत दिने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री देउवालाई हार्दिक बधाइ दिन चाहन्छु र मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नु भएको छ, त्यसको समर्थनमा मत दिन्छौं ।’

उनले अहिले देशमा देखिएको संकट संविधानकै कारण आएको दावीसमेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्