प्रतिनिधि सभामा ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित

प्रतिनिधि सभाले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफमा मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न आवश्यक भएकोले विधेयक ल्याइएको बताउनुभएको थियो । स‌ंसदको बिहिवारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक, २०७६ प्रस्तुत गर्नुभयो ।

त्यसअघि प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको घ्यानाकर्षण गराउनु भएको थियो । कोरोना भाईरसबाट नेपाल सुरक्षित छ भन्ने सन्देश विश्व सामु दिन त्रिभुवन विमानस्थल भएर नेपाल भित्रने सबैलाई स्क्यानिङपछि मात्र प्रवेशको व्यबस्था गर्न सुझाव दिनुभयो । सिन्धुपाल्चोकमा देखिएको रुघाखोकी र ज्वरोका विरामीको वास्तविक कारण छिटो पत्ता लगाउन पनि सासंदहरुले सरकारको घ्यानाकर्षण गराउनु भयो । यसैगरी राष्ट्रिय महिला आयोग र दलित आयोगलाई पूर्णता दिन, राष्ट्रिय परिचय पत्रका आधारमा सिंहदरवार प्रवेशको व्यवस्था मिलाउन पनि सांसदहरुले माग गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्