एमाले विवाद सहमति नजिक

File Photo

एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो । नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए । उनले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताए । उनले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्