राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आइसियू सेवा शुरु

Upahar Khabar Logo

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबारदेखि बहिरङ्ग सेवा (ओपिडी) सेवा र आइसियू सेवा शुरु गरेको छ । कोभिड- १९ महामारीको तीव्र सङक्रमणका कारण रोकिएको ओपिडी, शल्यक्रिया र आइसियू सेवा सोमबारदेखि शुरु गरिएको हो ।

प्रतिष्ठानले गत वैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो । पछिल्लो समय कोरोना सङ्क्रमणको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु शुरु गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिनुभयो ।

उहाँले आजदेखि नै आइसियू सेवा समेत शुरु गरिएको र जटिल प्रकृतिका रोगका बिरामीहरुको उपचार सुचारु गरिने जानकारी दिनुभयो । प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी लिएर आउन आग्रह पनि गरेको छ ।

रासस​

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्