थाइल्याण्डमा सैनिकले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २६ पुग्याे

काठमाण्डौ – थाइल्याण्डमा एक जना सैनिकले सपिङ सेन्टरमा अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ ।

घटनामा अन्य ५७ जना घाइते भएका छन् । नाखोन रात चासिममा ३२ वर्षीय सैनिक जवानले सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली हानी हत्या गरेपछि उनले अन्धाधुन्ध गोली चलाएर २६ जनाको ज्यान लिएका हुन् ।

रातभरि त्यहीँ लुकेका उनी आइतबार बिहान सुरक्षाकर्मीको गोली लागेर मारिएको सेनाले दाबी गरेको छ । उनले किन आक्रमण गरेको भन्ने बारेमा भने अहिलेसम्म खुलेको छैन ।

यसअघि ती बन्दुकधारी सपिङ मलको भवनको पछाडिबाट भाग्न खोजेको बताइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्