डोजर आतंक नियमन गर्नु आवश्यक : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार राजधानीमा आयोजित सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताउनुभएको हो ।

अहिले जलवायु परिवर्तनको चपेटामा मुलुक परेको भन्दै उहाँले डोजरको बारेमा पनि कार्यक्रममा छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।

खासगरी विकसित मुलुकहरुका कारण जलवायु परिवर्तनको समस्या उब्जिएको बताउँदै उहाँले त्यसबाट सिर्जित समस्या नेपालजस्ता कम विकसित देशहरुले भोग्नु परिरहेको बताउनुभयो । नेपालमा रहेका गगनचुम्बी हिमालहरुले पृथ्वीलाई चिसो बनाउन मद्दत गरिरहे पनि यो पक्षलाई महत्त्व नदिएको उहाँकोक तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्