नेपालले ओमानलाई दुई सय ५० रनको लक्ष्य दियो

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई दुई सय ५० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४९ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वा्धिक अर्धशतकीय पारी खेले । उनी ७६ बलमा ५६ रन बनाउँदै आउट भए । सुवास खकुरेलले २२, पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेखले र कुशल मल्लले २८–२८ रनको योगदान गरे ।

ओमानका लागि अकिब ल्लियासले चार विकेट लिए । त्यस्तै मोहम्मद नदीमले तीन विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्