आईपीएल : राजस्थान रोयल्सद्वारा सनराइजर्स हैदराबाद ५५ रनले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत हिजो दिउँसो भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले हराएको छ ।

राजस्थानले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । हैदराबादका लागि जोनी बेयर्स्टोले ३० र केन विलियम्सन्ले २० रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमान र क्रिस मरिसले तीन–तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । राजस्थानका लागि जोस बटलरले ६४ बलमा एक सय २४ रन बनाए भने सन्जु सामसनले ४८ रन बनाए । बलिङतर्फ हैदराबादका लागि सन्दीप शर्मा, राशिद खान र विजय शङ्करले एक–एक विकेट लिए ।

यो जितसँगै राजस्थान सात खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ भने सनराइजर्स उति नै खेलमा दुई अङ्कसहित पुछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्