शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।

पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए । त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य विमला केसी माओवादीतिर लागेको खुलासा भएको थियो । सोपछि उनी पुनः मुख्यमन्त्री बन्न सकस रहेको विश्लेषण हुँदै आएका अवस्थामा उनलाई प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्